प्रदेश नीति तथा योजना आयोग र नेपाल उद्योग परिसंघ द्वारा प्रदेश नं ३ को समृद्धिको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रम २०७५/० ५/३१

Introduction

प्रदेशको समृद्धि एवं सन्तुलित र दीगो विकास कार्यलाई तीब्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने र त्यसको कार्यान्वयनमा सहजीकरण, अनुगम तथा मूल्याङ्कन गरी प्रदेश सरकारलाई सल्लाह र सहयोग प्रदान गर्ने एक विशिष्टिकृत निकायको आवश्यकता महसुस गरी प्रदेश सरकार मन्त्रिपरिषदले मिति २०७५।०२।२९ मा प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ जारी गरी सोही आदेश बमोजिम सोही मितिमा प्रदेश नीति तथा योजना आयोगको गठन भएको हो। आदेशमा आयोगको अध्यक्षता मुख्यमन्त्रीले गर्ने, प्रदेश सरकारबाट नियुक्त उपाध्यक्ष र चारजना सदस्य रहने, पदेन सदस्यका रुपमा प्रमुख सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा आयोगको सदस्य सचिव सहित नौ सदस्यीय आयोग गठन हुने व्यवस्था छ ।उक्त आदेश जारी भएकै मितिमा प्रदेश मन्त्रिपरिषदद्वारा उपाध्यक्षमा डा. खिमलाल देवकोटा र सदस्यमा श्यामकुमार बस्नेत नियुक्त हुनुभयो।

Chairman, Vice-Chairman & MEMBERS

Hon. Dormani Poudel

Chief Minister and Chairman

Khim Lal Devkota, Ph.D.

Vice Chairman

Shyam Kumar Basnet

Member
basnet.pppc@p3.gov.np, shyam1sampada@gmail.com

Ananda Raj Dhakal

Principal Secretary & Ex Officio Member

Kewal Prasad Bhandari

Finance Secretary & Ex Officio Member

Atmaram Satyal

Member Secretary
satyal.pppc@p3.gov.np, satyal.atmaram32@gmail.com

प्रदेशको वस्तुस्थिति विवरण

“सुखी नेपाली, समृद्ध नेपाल” बनाउने संकल्पलाई साकार पार्नका लागि तर्जूमा गरिने नीति, योजना र कार्यक्रमहरू प्रदेशको वास्तविक धरातलमा उभिएको हुनुपर्छ भन्ने कुरामा दुईमत छैन। विकासका दृष्टिले यो प्रदेश अहिले कहाँ छ, यसका चुनौती, अवसर र तुलनात्मक लाभका क्षेत्र के के छन भनेर पहिचान गर्नको लागि यो वस्तुस्थिति विवरण तयार गरिएको हो। यो दस्तावेजले प्रदेश सरकारको विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति तथा योजना बनाउन मात्र होइन थप खोज, अध्ययन र अनुसन्धान गर्न संघीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, विभिन्न निकाय, विकास साझेदार लगायतका सरोकारवाला एवं अध्ययन अनुसन्धानकर्ता लगायतका लागि सहयोग गर्न सक्दछ। प्रदेश नीति तथा योजना आयोग बनेको छोटो समयमा नै सीमित साधन र स्रोतको वावजुद यो दस्तावेज तयार गरिएको हो। यसमा प्रयोग भएका सूचना र जानकारीहरू मूलतः वि.स. २०६८ को जनगणनाको प्रतिवेदन, केन्द्रीय तथ्याङ्क विभागका पछिल्ला सर्वेक्षण प्रतिवेदनहरू, संघीय तथा प्रदेश मन्त्रालयले तयार पारेका विभिन्न दस्तावेजहरु, तथ्याङ्क कार्यालय तथा तत्कालीन जिल्ला विकास समितिले तयार पारेका जिल्लाको वस्तुगत विवरण, जिल्ला तथा अन्य निकाय एवम् प्राज्ञिक र व्यवसायिक अनुसन्धान प्रतिवेदन, विकासका साझेदार र निजी तथा गैरसरकारी निकायबाट उपलब्ध भएका अध्ययन प्रतिवेदनहरु लिइएका छन्। यस प्रतिवेदनमा भूगोल, जनसङ्ख्या, वन, जलस्रोत, पूर्वाधार, जीवनस्तर, जातीय विविधता, पेशा, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग र व्यापार लगायतका विषयमा हालसम्मको अवस्थालाई संक्षेपमा प्रस्तुत गरिएको छ। यस प्रतिवेदनमा मूलतः समग्र नेपाल र यस प्रदेशका तथ्याङ्कहरू समावेश गरिएको भएतापनि केही महत्वपूर्ण तथ्याङ्कहरू भने अरू छ वटै प्रदेशकासमेत समावेश गरिएको छ। यसका साथै तथ्याङ्क विश्लेषणबाट प्राप्त निश्कर्ष, देखिएका अवसर र चुनौतिहरूसमेत समावेश गरिएका छन।