Initiatives

प्रदेश नीति तथा योजना आयोगले प्रदेश नं. ३ को ५ बर्षे आवधिक योजना तर्जुमा गर्ने प्रकृयालाई अगाडि बढाएको छ। यसका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. पिताम्बर शर्माको संयोजकत्वमा प्रा.डा. गोविन्द नेपाल (अर्थ विज्ञ), प्रा.डा. दिनेश भुजु (वातावरण विज्ञ), श्री पूर्णचन्द्र भट्टराई (पूर्व सचिव, नेपाल सरकार), श्री डा. महेन्द्र सुब्बा (पूर्वाधार विज्ञ) लगायतका विज्ञहरु  सम्मिलित एक विज्ञ समूह गठन गरिएको छ। उक्त विज्ञ समूहबाट प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र तयार गर्ने कार्य भैरहेको छ।